
काठमाडौं । चीनले दोस्रो विश्वयुद्धपछि नागरिकको स्वतन्त्रतालाई नियन्त्रणमा लिएर प्रजातन्त्रको अस्तित्व समाप्त पारेको अमेरिकाले आरोप लगाएको छ ।
अमेरिकाका एक शीर्ष गुप्तचर अधिकारीले अमेरिकाका विभिन्न नीतिहरुको नक्कल गरेर चीनले आफूलाई शक्तिशाली राष्ट्र बनाउन खोजेपनि प्रजातन्त्रप्रति कठोर भएको आरोप लगाउनुभएको छ ।
गत वर्ष राष्ट्रपति ट्रम्पले चिनियाँ उत्पादन आफ्नो मुलुकमा प्रवेश नगराउन भन्सार मूल्यमा अतिरिक्त कर लगाउनुका साथै चीनमाथि बौद्धिक सम्पति चोरीको आरोप लगाउनुभएको थियो ।
यस्तै चीनको हुवाए कम्पनीलाई अमेरिकामा प्रवेश नदिने समेत घोषणा भएको थियो । तर अमेरिकाको उक्त कदमबारे चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
चीनले आर्थिक, सैन्य र प्राविधिक रुपमा विश्व बजारमा आफ्नो पकड राख्न खोजेको भन्दै अमेरिकाले उसका उत्पादनमा रोक लगाएको हो ।
गत वर्ष अमेरिकाले बौद्धिक सम्पति चोरीको आरोपमा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि अमेरिका र चीनबीच व्यापार युद्ध सुरु भएको थियो ।
उनीहरुले एक अर्काका उत्पादनलाई आफ्नो देशमा प्रतिबन्ध लगाउनुका साथै अतिरिक्त कर समेत लगाएका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्