
काठमाडों । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह रावतले न्यायालयको सुधार सर्वोच्च अदालतबाटै हुनुपर्नेमा जोड दिनुभएको छ ।
न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार वा विचौलियाबाट हुन सक्ने विचलनजन्य कार्यहरु अवलम्बन गर्नुपर्ने उपायको बारेमा अध्ययन गर्न गठित समितिले पोखरामा गरेको कार्यक्रममा उहाँले न्यायलयमा हुने भ्रष्टाचार माथिबाटै सुधार हुनु पर्ने बताउनुभयो ।
अध्ययन समितिका सदस्य समेत रहनु भएका रावतले न्याय क्षेत्रलाई थप गरिमामय बनाउन सबैको सुझाव आवश्यक भएको पनि बताउनु भयो ।
न्यायपरिषदको संरचनामा कार्यपालिका छायाँमा पर्दा सत्ता प्रभाव देखिएको लगायतका सुझावहरु सहभागीहरुले दिएका छन् ।
कार्यक्रममा सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, सर्वोच्च अदालतका रजिस्ट्रार लालबहादुर कुँवरले न्यायलयको गरीमा बढाउन आवश्यक भएकोमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्