२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काँग्रेसको पदाधिकारी बैठक बस्दै, तनहुँ घटनालगायतका विषयमा छलफल हुने


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेको घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

सभापति शेरबहादुर देउवाले उक्त विषयमा छलफल गर्न दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवासमा बोलाउनुभएको हो ।

सह–महामन्त्री डा. प्रकाशरण महतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुव्र्यवहारलगायत विषयमा छलफल हुनेछ ।

बुधबार प्रहरीले तनहुँमा वरिष्ठ नेता पौडेललाई तीन घण्टा नियन्त्रणमा राखेको थियो ।