१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिया खेतीका लागि प्रदेश १ सरकारले विशेष योजना ल्याउँछ: मुख्यमन्त्री राई


0
Shares

इलाम । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले चिया खेतीको विकासका लागि प्रदेश सरकारले विशेष योजना बनाउने बताउनु भएको छ ।

चिया टेस्टिङ्ग तथा अध्ययन सेन्टरको इलाममा शिलान्यास गर्दै उहाँले इलाममा स्थापना भएको चियाको अध्ययन तथा टेस्टिङ्ग सेन्टरले किसान, उद्योगी र व्यवसायीको समस्या समाधान हुने बताउनुभयो ।

देशभरमा उत्पादन हुने चियाको गुणस्तर जाँच गरेर विश्व बजारमा पुर्‍याइने भएकाले चिया टेस्टिङ्ग सेन्टरले नेपाली चियाको प्रवद्र्धनमा ठूलो योगदान गर्ने मुख्य मन्त्री राईको भनाइ थियो ।

उहाँले नेपाली चियालाई विश्व बजारमा पुर्‍याउन विशेष योजना आवश्यक रहेकाले प्रदेश सरकारको ध्यान चियाखेती तर्फ केन्द्रीत भएको बताउनुभयो ।

सूर्योदय नगरपालिकाको २० प्रतिशत र प्रदेश नम्बर एक सरकारको ८० प्रतिशत लगानीसहित २३ करोड रुपैयाँमा चिया टेस्टिङ्ग तथा अध्ययन सेन्टर सुरु गरीएको हो ।

प्रदेश एक सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर राना, चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णु भट्टराईलगायतले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने टी टेस्टिङ्ग सेन्टरले इलामको मात्रै नभएर देशभरका चिया खेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोवल बढेको बताउनुभयो ।

कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा टी टेस्टिङ्ग सेन्टर निर्माण हुनेछ ।