१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक


0
Shares

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर राउतको फेसबुक पेज ह्याक भएको छ ।

शुक्रबार बिहानबाट उहाँको फेसबुक पेज ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीको फेसबुक पेज ईकमर्स पेजका रुपमा परिणत भएको छ । उहाँको फेसबुक पेजको फोटो परिवर्तन गरी कोरियन जस्तो देखिने महिलाको फोटो प्रोफाइलमा राखिएको छ ।

कभर फोटो पनि परिवर्तन गरिएको छ । पछिल्लो समय नेपालका नेताहरुको फेसबुकपनि ह्याकरको निशानामा पर्दै आएका छन् ।

फेसबुक पेज कहाँबाट ह्याक भयो थाहा हुन नसकेको र अनुसन्धान भैरहेको प्रेस संयोजक मिश्रले बताउनुभयो ।