१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एक महिनासम्मको खाद्यान्न जोहो भएपछि गौरीशंकरका स्थानीय खुसी


0
Shares

दोलखा, मंसिर १९ । दोलखाको दुर्गम गौरीशंकर गाउँपालिकाका स्थानीय बासिन्दा एक महिनासम्मको खाद्यान्न जोहो भएपछि खुसी भएका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएका र काम नपाएका विपन्न र दलित परिवारले एक महिनासम्म पुग्नेगरी खाद्यान्न पाएका हुन् ।

नेपाल स्वास्थ्य सेवा तथा उद्धार संघ (हेस्रा) नेपालले त्यहाँका २०० परिवारलाई चामल, नुन, तेल, दालसहित आवश्यक लत्ताकपडा र कोरोनाभाइरसबाट बच्ने सुरक्षा सामग्री प्रदान गरेको हो ।

हेस्रा नेपालका कार्यकारी निर्देशक जिया खानले कोरोनाका कारण प्रताडित प्रत्येक परिवारलाई खाद्यान्नसहितका आवश्यक सामग्री प्रदान गरेको बताउनुभयो ।

गाउँपालिकाका अतिविपन्न दलित परिवार ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका छन् । कोरोनाभाइरसका कारण काम नपाएपछि यस बस्तीमा खाद्यान्न संकट भएको छ ।

खाद्य सामग्री र स्वास्थ्य सामग्रीले केही दिनका लागि भोकमरी टरेपनि दीर्घकालीनरुपमा रोजगारी आवश्यक रहेको उनीहरुको भनाइ छ ।