१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैंडा मार्ने ‘सार्पसुटर’ १३ वर्षपछि पक्राउ


0
Shares

चितवन, मंसिर १९ । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मार्ने ‘सार्पसुटर’लाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका दिव्यनगरका सुरज चौधरीलाई फैसलाको १३ वर्षपछि पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

२०६२ साल असारको पहिलो हप्ता चौधरीसहित चारजनाको समूहले गैंडा मारेको थियो ।

गैंडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो ।