१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुमका किसान अकबरेतर्फ आकर्षित


13
Shares

तेह्रथुम, मंसिर १९ । परम्परागत खेती मास्दै तेह्रथुमका किसानहरु नगदेबालीको रुपमा रहेको अकबरे खुर्सानीतर्फ आकर्षित भएका छन् ।

पुर्ख्यौली खेतीले जीवन निर्वाह गर्न मुस्किल भएपछि उनीहरु नगदेबालीतर्फ आकर्षित भएका हुन् ।

जिल्लाको छथर क्षेत्रका किसानहरु अकबरेबाट राम्रो आम्दानी लिन थालेसँगै यो खेतीमा हौसिएका हुन् । यस वर्ष अत्यधिक वर्षात्का कारण अकबरे खेतीबाट किसानले आम्दानी लिन सकेनन् ।

किसानले एक रोपनीदेखि तीन रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन् । यो खेतीबाट परिवार धान्नसमेत टेवा पुग्ने भएपछि किसानहरु यतातर्फ आकर्षित भएका हुन् ।

यहाँ उत्पादन भएको अकबरे व्यापारीहरु घरैमा आएर लैजाने गरेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष भने ४० प्रतिशतले उत्पादनमा गिरावट भएको कृषि शाखा छथरका प्रमुख हिम थापाले जानकारी दिनुभयो ।