
झापा, मंसिर १९ । झापाको बिर्तामोड नगरपालिका चैतुवारीस्थित नमस्ते प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी भएको छ ।
आगलागीका कारण अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
फ्याक्ट्रीमा विद्युत् सर्ट हुँदा फन्टी फेन नामक काठको कच्चापदार्थ र सिलिङ चेम्बर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
आगलागीलगत्तै पुगेको प्रहरीको टोली, स्थानीयबासी तथा बिर्तामोड, दमक र भद्रपुर नगरपालिकाका वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्