२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु


0
Shares

accident

बर्दिया, मंसिर १९ । बर्दियामा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार मधुवन नगरपालिका बेलुवामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

गुलरियाबाट कञ्चनपुरतिर जाँदै गरेको बा१६च २४५३ नम्बरको कार र ढोढरीबाट गुलरियातर्फ आइरहेको ना८ख ३१४ नम्बरको टिपर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुलरिया नगरपालिकाका सुरेन्द्र गोडिया र कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निधी सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुर्घटनामा तीनजना घाइते भएका छन् ।

टिपरचालक रझेनाका रमेश थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।