२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालमा थप १,२७२ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार २७२ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल दुई लाख ३८ हजार ८६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा आठ हजार ३१ जनाको ‘पीसीआर’ परीक्षण गरिएको थियो ।

थप १,५७५ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ५७५ कोरोना संक्रमित संक्रमणमुक्त भई ‘डिस्चार्ज’ भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख २१ हजार ८४७ पुगेको छ ।

थप १६ जनाको मृत्यु
कोरोनाका कारण पछिल्लो २४ घन्टामा देशभर १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ सय ६७ पुगेको छ ।

हाल देशभर १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका शुक्रबार मन्त्रालयले जनाएको छ ।