
बुटवल, मंसिर १९ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ ।
घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएवापत् सेवाग्राहीसँग ३५ हजार लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।
घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा शुक्रबार कपिलवस्तुको कृष्णनगर नगरपालिका–२, गोलघरस्थित एक रेस्टुरेन्टबाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियार कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्