
काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोकामगरलाई भेटेर बधाइ दिनुभएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले समाजसेवी मगरलाई भेट गर्दै ‘बीबीसी’को १०० जना प्रभावशाली महिलामा परेकोमा बधाइ दिनुभएको हो ।
सरकारले गर्न नसकेको काम व्यक्तिगतस्तरबाट गरेर समाजसेवा गरेको भन्दै उहाँले समाजसेवी मगरको प्रशंसा गर्नुभयो ।
अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, सपनामगरजस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुसी लागेको पनि बताउनुभयो ।
समाजसेवी सपनालाई बीबीसीले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा समेटेपछि उहाँको स्वदेश र विदेशमा प्रशंसा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्