१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक पुनरुत्थानका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

कोभिड–१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्यसम्पादन गरी क्षमता प्रदर्शन गर्न आग्रह गर्दै उहाँले आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिनुभयो ।

अर्थ मन्त्रालयलगायत विभिन्न मन्त्रालयहरुको पुँजीगत गर्न बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वयमा जोड दिनुभयो ।

उहाँले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनोट गर्ने प्रवृत्तिमा सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्नपनि निर्देशन दिनुभयो ।