
काठमाडौं, मंसिर १९ । पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुसी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गर्नुभएको छ ।
आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त भएको अवस्थामा आयोगमा रहेका केही सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्न स्वतन्त्र नभएको बताउनुभएको हो ।
आयोगका अधिकांश सदस्यहरुले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेपछि आयोगका सदस्यसमेत रहनुभएका तुलाधरले यस्तो टिप्पणी गर्नुभएको हो ।
आयोगले दिएको प्रतिवेदन सरकारले जस्ताको तस्तै लागू नगर्न पनि सक्ने उहाँको भनाइ छ ।
२०७५ असार २४ गते मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले सोही वर्षको पुस २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्