१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारी दमनको बदला लिई छाड्छौं : डा. महत


0
Shares

काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसका सहमहमन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभएको छ ।

गजराज जोशी ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै आन्दोलनले सरकारलाई घुँडा टेकाउने टिप्पणी गर्नुभयो ।

डा. महतले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको सरकारी दमनको बदला लिई छाड्ने चेतावनीसमेत दिनुभयो ।

डा. महतले नेपालकै पहिलो धावक गजराज जोशी नेपाली खेलकुद क्षेत्रका अग्रणी भएको बताउनुभयो ।

जोशीको स्मृतिमा ट्रष्टका अध्यक्ष मनिष जोशीले काठमाडौं क्षेत्र नम्बर–५ का विभिन्न क्लबलाई खेलकुद र सुरक्षा सामग्री वितरण गर्नुभएको थियो ।