१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा चिया उद्योगलाई पुरानै लयमा फर्काउने तयारी


13
Shares

धनकुटा, मंसिर २० । धनकुटाका चिया उद्यमीले चिया उद्योगलाई पुरानै लयमा फर्काउने तयारी थालेका छन् ।

निजी र सहकारीमार्फत् सञ्चालित चिया प्रशोधन उद्योगले कोरोना महामारी र ‘लकडाउन’का कारण ६० प्रतिशतसम्म उत्पादन र निर्यात घटाएका थिए ।

धनकुटाबाट जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात हुने गर्दछ ।

तर, यस वर्ष निर्यात घट्ने चिया किसान र उद्योगीहरुको अनुमान छ ।