८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चितवनमा राजावादीको बृहत् प्रदर्शन


0
Shares

चितवन, मंसिर २० । चितवनमा राजावादीहरुले शनिबार बृहत् प्रदर्शन गरेका छन् ।

राजतन्त्र र हिन्दुराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा चितवन र आसपास जिल्लाका युवाहरुको ठूलो सहभागिता थियो ।

सहभागीहरुले गणतन्त्र, धर्मनिरपेक्षता र संघीताविरोधी नारा लगाएका थिए ।

राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरअंकित ब्यानरसहित भरतपुरस्थित केन्द्रीय बसपार्कबाट सुरू भएको र्‍याली हाकिमचोक, चौबिसकोठी, नारायणगढ, आँपटारी, बाइपासरोड हुँदै पुनः केन्द्रीय बसपार्कमा पुगेर टुंगिएको थियो ।