
झापा, मंसिर २० । जनआन्दोलनको झल्को दिनेगरी झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै शक्ति प्रदर्शन गरेको छ ।
२४० वर्ष लामो राजतन्त्र नेपालबाट हटेको १२ वर्षपछि देशभर नै राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन गरिँदै आएको छ ।
यसैक्रममा झापाको काँकडभिट्टाबाट बिर्तामोडसम्म हजारौंको सहभागितामा राप्रपाले राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।
काँकटभिट्टाबाट सुरु भएको र्याली बिर्तामोडमा आएर कोणसभामा परिणत भएको थियो ।
सभामा राप्रपाका नेताद्वय राम थापा र राजेन्द्र लिङ्देनले सम्बोधन गरेका थिए ।
बिर्तामोडस्थित मुक्तिचोकमा सम्बोधन गर्दै नेता लिङ्देनले राजसंस्था अहिले अपरिहार्य भएको भन्दै संघीयता खारेज गरेर बलियो स्थानीय तह बनाउनुपर्ने धारणा राख्नुभयो ।
काँकडभिट्टामा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यापर्ण गर्दै सुरु गरिएको र्यालीमा राप्रपामात्र नभई अन्य पार्टीका नेता तथा कार्यकर्तासमेत स्वतःस्फूर्त सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्