
तस्वीरः प्रदीपराज वन्त/रासस ।
काठमाडौं, मंसिर २० । २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपालको उपाधि जितेकी छिन् ।
शनिबार राजधानीमा सम्पन्न ‘ग्रान्ड फिनाले’मा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि जितेकी हुन् ।
उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की विजेता अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् ।
किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।
यस्तै, ‘मिस नेपाल सुप्रानेसनल’को उपाधि सिमल कनौजिया, ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि सन्ध्या शर्मा र ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्