२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


चेल्सी प्रिमियर लिगको शिर्ष स्थानमा


0
Shares

काठमाडौं । लिड्स युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराति चेल्सीको मैदानमा भएको खेलको सुरुमा पाहुना टोली लिड्सले अग्रता लियो । उसका लागि प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गरे ।

तर यसपछि ओलिभर जिरु, कर्ट जुमा र क्रिश्चियन पुलिसिकले एक एक गोल गर्दै चेल्सीलाई ३–१ ले विजयी गराए ।

जितसँगै चेल्सी ११ खेलबाट २२ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको टोटनह्याम हट्सपर २१ अंकसहित दोस्रो स्थानमा छ ।

टोटनह्यामले आज आर्सनलसँग खेल्नेछ । प्रिमियर लिगअन्तर्गत हिजै भएका अन्य खेलहरुमा म्यानचेस्टर सिटीले फुल्हमलाई २–० ले हराउँदा म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडमाथि ३–१ को जित निकालेको छ ।

यसैगरी बर्न्ले र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् । एजेन्सी