
काठमाडौं । फ्रान्समा विवादास्पद सुरक्षा कानुनको मस्यौदा बिरुद्ध भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीहरुले दर्जनौं सवारीसाधन तोडफोड गर्नुका साथै केही ब्यापारिक भवनहरुमा समेत आगजनी गरेका छन् ।
स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गर्दा कयौं प्रदर्शनकारी घाइते भए ।
फ्रान्समा खराव अभिप्रायले प्रहरीको फोटो खिच्न निषेध गर्ने बिधेयक ल्याउन खोजिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
प्रस्तावित कानुनले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता हनन हुने प्रदर्शनकारीहरुको तर्क छ । विरोधकै क्रममा प्रदर्शकारीहरुले फ्रान्सका बिभिन्न शहरमा सय भन्दा बढी क्षेत्रमा एकसाथ र्याली निकालेका थिए ।
प्रदर्शनमा घुसपैठ भएको भन्दै २० भन्दा बढी प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको फ्रान्सका गृहमन्त्री जेराल्ड डरमानिनले जानकारी दिनुभयो ।
फ्रान्समा गत साता काला जातीका एक संगीतकारलाई प्रहरीले कुटेको फोटा सार्वजनिक भएपछी फ्रान्स सरकारले यो बिधेयक ल्याएको हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्