१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्री भट्टराईको निर्देशन


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिनुभएको छ ।

शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिन भित्र काम सकेर जवाफ दिनुपर्ने बताउनुभएको हो ।

उहाँले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताउनुभयो ।

आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताउनुभयो । उहाँले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताउनुभयो ।रासस