
एजेन्सी । फोटोशुटका कारण कोही जेल पर्ला त ? यो हाम्रो देशका लागि सोच्नै नसकिने विषय हो । तर इजिप्टमा फोटोशुटका कारण मोडल र फोटोग्राफर दुवै जेल जानुपरेको छ ।
फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी फोटोशुट गरेकै कारण जेल जानुपरेको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।
इजिप्टको मिडिया मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले पक्राउ गरेर एक दिन हिरासतमा राखेर धरौटीमा छोडेको छ ।
फोटोग्राफर हौसमले खिचेका तस्वीरहरुमा मोडल सलमा परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् ।
उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् ।
इजिप्टको पिरामिडको पृष्ठभुमीमा खिचिएको मोडलको तस्विर सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सुरु भएको थियो ।
केही मिडियाले ‘उत्तेजक र आपत्तिजनक’ भनेर टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्