
अर्घाखाँची । सन्धिखर्क नगरपालिका खाँचीकोट र शितगंगा नगरपालिकाको सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।
कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको मन्दिरमा पुनः आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोट र शितगंगा नगरपालिकाको वडा नम्बर २ को सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर जिल्लाको मुख्य पर्यटकका रुपमा चिनिन्छ ।
कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण करिव ८ महिना मन्दिर बन्द रह्यो ।
मन्दिर खुलेसँगै पर्यटकहरूको चहलपहल बढेपछि कोरोनाको जोखिम बढेको भन्दै हाललाई मन्दिरको मुल ढोका पुनः बन्द गरिएको मन्दिर व्यवस्थापन समितिकमा अध्यक्ष प्रितम थापा बताउनुहुन्छ ।
यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ । मन्दिरको भेटीबाट खाँचीकोटको आदर्श माविका ६ जना र शितापुरको शान्ति निमाविका ४ जना शिक्षक राखिएको छ भने अन्य विकास निर्माण कार्यमा पनि मन्दिरले खर्च गर्दै आएको छ ।
कपिलवस्तु, दाङ, प्युठान, पाल्पा ,गुल्मी, रुपन्देही लगायत भारतवाट समेत सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् ।
यस वर्ष कोरोनाको जोखिम रहेकाले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पुजा आजामा रोक लगाए पनि मन्दिरको ढोका बाहिरैबाट हजारौ पर्यटकले दर्शन गरेको पाईन्छ ।
मन्दिर ब्यवस्थापन समितिले पनि बाहिर मान्छे खटाएर बोली चढाए बापतकोे रकम भक्तजनबाट लिने गर्छन् ।
यता प्रमुख जिल्ला अधिकारी विष्णु पौड्लले भने मन्दिरमा मुख्यत बोली चढाउन र बिहानको १ घण्टाको नित्य कर्म गर्नको लागि खुलाइएको बताउनुहुन्छ ।
कोरोनाको जोखिमले मन्दिरमा पुजा पाठ रोकिएपछि आफ्नो दैनिकी चलाउन गाह्रो भएका ब्यवसायी भने विगत १५ दिन यताको आन्तरिक पर्यटकको चलपहलले यस क्षेत्रमा रहेका करिव ५ सय व्यवसायी खुशी छन् ।
उनीहरु केहि महिना पसल बन्द गरेर बसेका थिए । एकातिर विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकले मन्दिरभित्रै गएर दर्शन गर्न नपाउनु र अर्कोतिर दिनप्रतिदिन बढ्दै गएको पर्यटकको संख्यालाई ब्यवस्थापन गर्न नसक्दा कोरोनाको उच्च जोखिम हुनु ।
जसका कारण भर्खर मात्र चलायमान भएको पर्यटन क्षेत्र कमजोर हुने हो की भन्ने देखिएको छ । यसमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ । भिडियो
प्रतिक्रिया दिनुहोस्