
चितवन, मंसिर २२ । राजसंस्था र हिन्दुराष्ट्रको मागसहित यही मंसिर २० गते चितवनमा भएको प्रदर्शन सफल भएको आयोजक राष्ट्रवादी चितवन समाजले जनाएको छ ।
सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा संयोजक सलाउद्दिन मियाले स्वतःस्फूर्त नेपाली झन्डामा गोलबद्ध भई प्रदर्शनमा सहभागी सबैले कार्यक्रम सफल पार्न सहयोग गरेको भन्दै कुनै एउटामात्रै आयोजक नरहेको प्रष्ट पार्नुभयो ।
राजसंस्थाले देशमा विकास हुन नदिएको भन्ने भ्रम जनतामाझ फैलाएर सत्ता हासिल गरेका नेताहरुले नै देश र राष्ट्रियतालाई खोक्रो पारेको भन्दै अब देशलाई अभिभावक आवश्यक भएकाले प्रदर्शनमा आउनुपरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्