१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्रेक्जिटबारे निर्णय लिन बेलायतलाई दबाव, ईयूसँग छलफल जारी


0
Shares

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्नुहुने भएको छ ।

ब्रेक्जिट सहमति गर्नुपर्ने बाध्यात्मक सीमा नजिकिँदै जाँदा बेलायत र युरोपियन युनियनका पदाधिकारीबीच भेटवार्ता र छलफल जारी रहेका छन् ।

प्रधानमन्त्री जोनसनले अध्यक्ष उर्सुला भोनसँग भएको टेलिफोन वार्ता पछि आगामी हप्ता पुन छलफल गर्ने बताइएको छ ।

ब्रेक्जिट सहमतिका लागि बेलयतलाई युरोपियन युनियनले निरन्तर दवाव दिएकाले केही सर्तहरु संशोधन गरेर भएपनि बे्रक्जिट सहमति गर्न बेलायत तयार रहेको हो ।

ब्रेक्जिट सम्झौता नगरेर आगामी जनवरी १ देखि विश्व व्यापार संगठनमा सहभागी हुन नपाउने व्यवस्थाका कारण बेलायतलाई पुनः ब्रेक्जिटमा सहभागी हुन दबाव परेको हो ।

यता बेलायतका अधिकारीहरुले प्रधानमन्त्री जोनसनलाई भौतिक रुपमा उपस्थित भएर वार्ता गर्न दवाव दिएका छन् ।

उनीहरुले आफ्ना राष्ट्रको हतिविपरीत कुनै सम्झौता नगर्न पनि ध्यानाकर्षण गराएका छन् ।

बेलायतले गत वर्षको जनवरीबाट युरोपियन युनियनको ब्रेक्जिटबाट अलग भएको घोषणा गरेको थियो ।

बेलायतको उत्त, निर्णयको ११ महिना नबित्दै पुन ब्रेक्जिटमा सहभागीताबारे बेलायतले छलफल थालेको हो ।

बेलायत र युरोपियन युनियन आवद्ध राष्ट्रहरुमा आदान प्रदान हुने सामग्रीको कर तथा भन्सार छुटलगायतका विषयमा सहमतिको प्रयास भइरहेको बीबीसीले जनाएको छ ।

यता बजेट उत्तरदायित्वका लागि बेलायतको कार्यालयले युरोपियन युनियनसँग शुल्क निर्धारण र एकल व्यापारबारे सम्झौता नभए आगामी वर्ष २ प्रतिशतले राजस्व कमि हुनेसमेत चेतावनी दिइसकेको छ । एजेन्सी