१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठानका महिला स्वरोजगार


0
Shares

प्यूठान, मंसिर २३ । चुलो–चौकोमा सीमित प्यूठानका महिलाहरु स्वरोजगार बन्न थालेका छन् । व्यक्तिगत खर्चका लागि श्रीमानको भरपर्ने उनीहरु अहिले आफैं स्वाबलम्बी बनेका छन् ।

प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढाले २०६३ सालमा अल्लो उद्योग स्थापना गरी राम्रो आम्दानी लिने गरेकी छिन् । उनले बहानेमा कोठीभीर अल्लो उद्योग स्थापना गरेकी हुन् ।

पहाडमा खेर गइरहेको अल्लो (चाल्ने सिस्नो)बाट धागो निकाली पोसाकहरु बनाउन थालेको करिब २० वर्ष भयो ।

तत्कालीन समयमा एक लाख ९० हजार रुपैयाँको लागतमा बुढाले उद्योग सञ्चालनमा ल्याएकी थिइन् । उद्योगमा अहिले करिब आधा करोड मूल्य बराबरको लगानी भइसकेको छ ।

उनले अहिले उद्योग सञ्चालन गरी मनग्य आम्दानी गर्ने गरेकी छिन् भने अन्यलाई पनि रोजगारी दिएकी छिन् ।

त्यस्तै, प्यूठान नगरपालिका–९, मरन्ठानाकी दुर्गा केसीले वन–जंगलमा खेरा गइरहेका कच्चापदार्थहरुको प्रयोग गरी हर्बल साबुन उद्योग स्थापना गरी मनग्य आम्दानी गर्ने गरेकी छिन् । उनले २०५७ सालमा झिमरुक हर्बल साबुन उद्योग स्थापना गरेकी हुन् । उनले लघुउद्यमबाट तालिम लिएर स्वरोजगार बनेकी हुन् ।

उनीहरु त एक उदाहरणीय पात्रमात्रै हुन् । देशमा संघीयता आएपछि विभिन्न संघ–सस्थाले तालिम र आर्थिक सहयोग गर्न थालेपछि उनीहरु स्वरोजगार बन्न थालेका हुन ।

दुना–टपरी उद्योग सञ्चालन गरेरै उनीहरुले घरखर्च र छोराछोरीको पढाइमा समेत टेवा पुर्‍याएका छन् ।

स्थानीय महिलाहरुलाइ स्वरोजगार बनाउने उदेश्यले प्यूठानका स्थानीय तहले स्वरोजगारमूलक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्ने गरेका छन् ।

स्थानीयस्तरमा खेर गइरहेका कच्चापदार्थहरुको सदुपयोग गर्न सके यसैबाट राम्रो आम्दानी लिन सकिन्छ । यी महिलाहरुले जस्तै अन्यले पनि यसको सिको गर्न सके आफू पनि स्वरोजगार बन्न सकिने थियो कि !

भिडियो हेर्नुहोस्