
चितवन, मंसिर २३ । चितवन राष्ट्रिय निकुञ्जले साढे तीन करोड रुपैयाँको लागतमा घाँसे मैदान बनाउने भएको छ ।
जंगलभित्र घाँसे मैदानको अभाव भएपछि वन्यजन्तुहरु बस्ती क्षेत्रमा प्रवेश गर्ने जोखिमका कारण घाँसे मैदान थप्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
७०० हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गर्ने बजेट भएपनि क्षेत्रफल बढाएर ९०० हेक्टर गराइएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो ।
त्यस्तै, थप एक करोडको लागतमा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ ।
भइरहेको घाँसे मैदानमा बूढा भएका खर र ढड्डी हटाउने र नयाँ पालुवा पलाउने गरी व्यवस्थापन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्