१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन सञ्चालनमा


0
Shares

जनकपुरधाम, मंसिर २३ । आठ वर्षको लामो प्रतीक्षापछि प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधामस्थित विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले टर्मिनल भवनको मंगलबार संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

भवन नहुँदा यात्रुहरुलाई न्यूनतम सेवा–सुविधासमेत पाउन गाह्रो भएको थियो । सेवा सञ्चालनमा आएपछि यात्रु तथा विमान कम्पनीहरुलाई सहज भएको छ ।

कार्यक्रममा मन्त्री भट्टराईले जनकपुर विमानस्थललाई क्षेत्रीय तथा प्रदेशको हबको रुपमा स्तरोन्नति गर्न प्रदेश र स्थानीय तहलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

सांसद महतोले विमानस्थलको नाम परिवर्तन गरेर जनकपुरधाम विमानस्थल बनाउनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै, प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री रामनरेश रायले हाल जनकपुर विमानस्थलाई अन्तरप्रदेशका साथै भारतको बिहार, बंगाल र उत्तर प्रदेशसँग जोेडिने गरी स्तरोन्नति गरिनुपर्नेमा जोड दिनुभयो ।