
काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा कोरोना भाइरस विरुद्धको १० करोड खोप उपलब्ध गराउने योजना अघि सार्नुभएको छ ।
बाइडेनले आफ्नो कार्यकालमा कोभिड–१९ नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कोभिड नियन्त्रणका लागि स्वास्थ्य टीम घोषणा गरिसकेको जनाउँदै राष्ट्रपति बाइडेनले सय दिनसम्म अमेरिकीहरुलाई मास्क लगाउन आग्रह गर्नुभयो ।
उहाँले खोप तयार पार्ने फाइजर र बायोन्टेकलाई स्वीकृति प्रदान गर्न मार्ग प्रशस्त गर्ने पनि जानकारी दिनुभयो ।
डेलावेयरमा पत्रकार सम्मेलनमा क्रममा बाइडेनले क्यालिफोर्नियाको महान्यायाधीवक्ता जेभियर बेसेरालाई स्वास्थ्य सचिव र रोग नियन्त्रण तथा रोकथाम केन्द्र प्रमुखमा रोशेल वालेन्स्कीलाई नियुक्त गर्दै उक्त धारणा व्यक्त गर्नुभएको छ ।
आफ्नो सय दिने कार्यकालमा कोभिड नियन्त्रणमा नआउने बताउँदै यसको नियन्त्रणका लागि ठोस उपायहरु अवलम्बन गरिने वचन दिनुभयो ।
यसका लागि अमेरिकी कँग्रेसले साथ दिनुपर्ने उहाँको धारणा छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्