
काठमाडौं । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण भएको छ ।
उत्तरी तिग्रे क्षेत्रमा इथियोपियाली सेनाले विद्रोहीविरुद्ध कारवाही जारी राखेका बेला राष्ट्रसंघीय कर्मचारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ ।
सरकारी सेनाको निर्देशनविपरीत उक्त क्षेत्रमा राष्ट्रसंघका प्रतिनिधि गएकाले गोली हानेको सरकारी सेनाका अधिकारीहरुले जनाएका छन् ।
सरकारी सेनाले गत नोभेम्बरदेखि उक्त क्षेत्रमा विद्रोही टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट (टीपीएलएफ) सँग संघर्ष गरीरहेको छ ।
विद्रोही र सरकारी सेनाबीच गोलाबारी चलिरहेका बेला राष्ट्रसंघका प्रतिनिधि शरणार्थी शिविरको अवलोकनका लागि जान लागेको समाचारमा जनाइएको छ ।
सरकारी सेनाका दुई चेकप्वाइन्ट पार गरेकाले उनीहरुमाथि गोली चलाएको सेनाले दावी गरेको छ । घटनाको बारेमा राष्ट्रसंघले कुनै प्रतिक्रिया दिएको छैन ।
राष्ट्रसंघले इथियोपिया सरकारलाई हरेका वर्ष खाद्यान्न र चिकित्सा सेवा प्रदान गर्दै आएको छ ।
विद्रोहीको नियन्त्रणमा रहेको भनिएका स्थानहरुमा पनि खाद्यान्न स्वास्थ्यसम्बन्धी सहायता सहज रुपमा पु¥याउन राष्ट्रसंघले इथियोपियलाई आग्रह गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्