
काठमाडौं । पाराग्लाइडिङ उडानमा लापरवाही गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आठ जना पारा पाइलटलाई कारवाही गरेको छ ।
क्यानले उनीहरुलाई अनिश्चितकालका लागि उडानमा निषेध गर्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन पत्राचार समेत गरेको छ ।
ती पाइटलहरुले उडानको समयमा निषेध गरिएका क्रियाकलाप गरेको भन्दै क्यानले स्पष्टीकरणको लागि बोलाएको हो ।
दुई साताअघि पोखरामा पाराग्लाइडिङ उडानकोक्रममा दुर्घटनामा परि पाइलट राजु विकको मृत्यु भएपछि विभिन्न तीनवटा समितिले छानबिन र अनुसन्धान गरिरहेका छन् ।
प्रारम्भिक अनुसन्धानमा फूल टिपेर यात्रुलाई दिने क्रममा दुर्घटना भएको भनिएको छ । तर, कुनै पनि समितिले प्रतिवेदन बुझाइसकेका छैनन् ।
उक्त दुर्घटनापछि नै क्यानले सोही गतिविधि दोहो¥याएको भन्दै आठ जना पाइलटलाई एकैपटक उडान निषेध गरि अनुसन्धानमा बोलाएको हो ।
अनुसन्धानमा बोलाइएका आठ पाइलटमध्ये एकजना राष्ट्रिय पाराग्लाईडिङ खेलाडी युकेश गुरुङ पनि छन् ।
उनी सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जित्ने खेलाडी हुन् ।
प्रतिक्रिया दिनुहोस्