२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सदर चिडियाखाना बिहीबारबाट खुल्ने


0
Shares

काठमाडौं । कोरोना महामारी सुरु भएसँगै गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ ।

सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जिवीप्रसाद पोखरेले जानकारी दिनुभयो ।

अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने छ । एकपटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउने छन् ।

भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने पनि उहाँले बताउनुभयो ।

हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेको पोखरेले जानकारी दिनुभयो ।

चिडियाखाना लामो समयदेखि बन्द हुँदा आर्थिक अभाव भएपछि चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो ।

चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ८० वन्यजन्तु रहेका छन् ।