
काठमाडौं, मंसिर २४ । कतार सरकारले नेपाल सरकारलाई तीनओटा मर्सिडिज कार उपहारस्वरूप प्रदान गरेको छ ।
बुधबार परराष्ट्र मन्त्रालयको प्रांगणमा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल–हैलले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचोसहित मर्सिडिज कार हस्तान्तरण गर्नुभयो ।
उपहार ग्रहण गर्दै परराष्ट्रसचिव पौड्यालले कतार सरकारलाई धन्यवाद दिनुभयो ।
‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु’–उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्