१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘स्वास्थ्य मापदण्ड पूरा गरेर संसद् बैठक चलाउन सकिन्छ’


0
Shares

काठमाडौं, मंसिर २४ । सरुवारोग विशेषज्ञहरुले स्वास्थ्य मापदण्ड पूरा गरेर कोरोना महामारीका बीच पनि संसद् बैठक चलाउन सकिने बताएका छन् ।

संघीय संसद्, सचिवालयले कोभिड–१९ संक्रमणका बीच संसद् चलाउने विषयमा बुधबार विज्ञहरुसँग गरेको छलफलमा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सर्तक भएर स्वास्थ्य मापदण्ड पूरा गरेर संसद् बैठक चलाउन सकिने बताउनुभयो ।

उहाँले इमान्दारीताका साथ भौतिक दूरी र स्वास्थ्य मापदण्डमा भने विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफलमा पूर्वसांसद जनकराज जोशीले थोरै सांसदको उपस्थितिमा सदनको बैठक चलाउन सक्ने गरी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले दूरीको पालना हुन नसक्ने तथा लामो छलफल हुने अवस्थामा ‘हाइब्रिड’ तरिकाले संसद् चलाउन सकिने धारणा राख्नुभयो ।

अहिलेको संसद् नियमावलीमा हाइब्रिड संसद्बारे व्यवस्था नभएकाले सभामुखले एक संकल्प प्रस्ताव ल्याएर तत्काल निकास दिनसक्ने पूर्वसांसद जोशीको सुझाव छ ।

छलफलमा सहभागी विज्ञहरुले संसद् सुचारु गर्ने विषयमा राजनीतिक दलहरुबीच मतैक्यता हुन आवश्यक रहेको धारणा राखेका थिए ।