२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका खोलानालामा अनुगमन


0
Shares

कञ्चनपुर, मंसिर २४ । कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा स्थानीय प्रशासनले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा चुरे भएर बग्ने बेदकोट नगरपालिका–४, बैतडास्थित बगुन खोलामा मापदण्डविपरीत उत्खनन गरेको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।

उहाँले अनुगमनका क्रममा उत्खननका लागि छुट्ट्याइनुपर्ने क्षेत्रको नापजाँच नभएको, कति मात्रामा उत्खनन गर्ने भनेर लेबल नछुट्ट्याइएको भन्दै मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको बताउनुभयो ।

बेदकोट नगरपालिकाले ठेक्का दिएकाले मापदण्डविपरीत उत्खनन गर्न नदिन सुझावसहितको पत्र पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

बगुन खोलामा अवैध उत्खनन भएको समाचार इमेज च्यालनमा प्रसारण भएको थियो ।