
काठमाडौं । अमेरिका विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स सिरिजको विमानको पुनः उडान सुरु भएको छ ।
यो सिरिजको विमानमा समस्या देखिएपछि २०१९ को मार्चदेखि विश्वभरको बोइङ म्याक्स सिरिजको विमान उडानमा रोक लगाइएकोमा ब्राजिलको गोल एअरलाइन्सले पहिलो पटक व्यावसायिक उडान सुरु गर्ने पहिलो राष्ट्र बनेको छ ।
विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो एलेग्री शहरका लागि पहिलो उडान गरेको छ । सन् २०१९ को पाँच महिनाको अवधिमा दुईपटक दुर्घटना हुँदा ३ सय ४६ जनाको मृत्यु भएपछि यो सिरिजको विमान उडानमा रोक लगाइएको थियो ।
पुनः उडानका लागि ब्राजिलले १ सय ४० जना चालकदललाई प्रशिक्षण दिएको थियो । ब्राजिलको गोल एअरलाइन्ससँग ७ वटा ७३७ म्याक्स विमान रहेका छन् ।
उडानमा रोक लगाइएपछि विमान निर्माता कम्पनीहरुले उडान नियन्त्रणमा लिई अपडेट गर्ने, चालक दलको प्रक्रियाहरुमा संशोधन गर्ने र विमानको सामग्रीहरु परिमार्जन गरेको ब्राजिलको गोल एअरलाइन्सका उपाध्यक्ष सेल्सो फेरेरले बताउनुभयो ।
उहाँले २० महिनाको प्रयासपछि बोइङ ७३७ म्याक्स सिरिजको विमान पुन उडान गरिएको बताउनु भयो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्