
काठमाडौं । प्रमुख विपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
सहमहामन्त्री प्रकाशरण महतका अनुसार सरकारविरूद्ध देशव्यापी प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक बस्दैछ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकले २९ गतेको प्रदर्शन र १४ औं महाधिवेशन तयारीबारे छलफल गर्ने बताइएको छ ।
गत शुक्रबार देउवा निवासमा बसको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो ।
जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रबाट प्रतिनिधि पठाउने र नपठाउनेबारे पनि बैठकले निर्णय गर्नेछ ।
सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोरोना नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारलगायतका विषयमा काँग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्