७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काँग्रेस नेता सिटौलाले बोलाए आफ्नो ‘गुट’को बैठक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आज आफ्नो समूहको बैठक बोलाउनुभएको छ ।

आफुलाई पार्टीको तेश्रो धार बताउने सिटौला समूहको बैठक चण्डोलस्थित उहाँकै निवासमा बस्ने स्रोतले जनाएको छ ।

सिटौलाले आफूपक्षीय केन्द्रीय नेता, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई बैठकका लागि बोलाउनुभएको हो ।

सिटौलाले बोलाएको बैठकमा नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शिव हुमागाईंलगायतका नेताहरु सहभागी हुने बुझिएको छ ।

भ्रातृ संस्थाबाट नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले, महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डेय, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंलगायत सहभागी हुने अनुमान छ ।

आसन्न १४ औं महाधिवेशनलाई केन्द्रित गरेर सिटौला पक्षले महाराजगन्जमा सम्पर्क कार्यालय पनि खोलिसकेको छ ।