२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सदर चिडियाखाना खुल्यो, स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाई


0
Shares

काठमाडौं । कोरोना महामारीले गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि खुलेको छ ।

नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि आवश्यक स्वास्थ्य सतर्कता अपनाई आजबाट चिडियाखाना खुलेको हो ।

चिडियाखानामा प्रवेशका लागि अनलाइनमार्फत पनि टिकट लिन सकिने बताइएको छ । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

भिडभाड हुन नदिन एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइनेछ । एक जना बढीमा डेढ घण्टा मात्रै चिडियाखान भित्र बस्न पाउनेछन् ।

अबदेखि चिडियाखाना भित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघि जस्तै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नियम लागु गरिएको छ ।