१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अवैध रुपमा गाई गोरुको तस्करी


0
Shares

झापा । झापाका बिभिन्न नाका भएर अवैध रुपमा गाई गोरुको तस्करी भइरहेको खुलासा भएको छ ।

झापाको कचनकवल, मेचीनगरस्थित सतिघट्टा, गौरीगञ्ज नाकाबाट तस्करको समूहले खुलेआम गाई गोरुको तस्करी गरिरहेका हुन् ।

सीमा क्षेत्रमा सञ्चालित स–साना वजारबाट खरिद गरिएको कागजात बनाएर तस्करको समूहले भारतीय वजारसम्म गाई गोरु पुर्‍याउने गरेका पाइएको छ ।

गोरु निकासीमा सहज भएपनि गाई निकासीमा कानूनी जटिलता रहेकाले अहिले झापाका विभिन्न ठाउँबाट खुलेआम गाई गोरुको तस्करी भइरहेको छ ।