२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्य घट्यो


0
Shares

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला नौ सयले ओरालो लागेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला नौ सयले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।