१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


मानवअधिकार दिवसका दिन मानवअधिकारवादीमाथि प्रहरी ज्यादती


0
Shares

काठमाडौं, मंसिर २५ । मानवअधिकार दिवसका दिन मानवअधिकारवादीमाथि प्रहरी ज्यादती गरिएको छ ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानवअधिकारवादीहरूलाई प्रहरीले धरपकड गर्दै दुर्व्यवहार गरेको हो ।

सर्वाेच्च अदालतबाट समेत मण्डलामा धर्ना, प्रदर्शन गर्न नरोक्न सरकारको नाममा आदेश जारी गरिसकेका सन्दर्भमा मानवअधिकार दिवस मनाउन पुगेका मानवअधिकारवादीमाथि नै सरकारले शक्ति प्रयोग गरेको हो ।

मानवअधिकारवादी इन्द्र अर्याल, राजन कुईंकेल, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, महामुनिश्वर आचार्य, सावित्री श्रेष्ठ, कल्याण पोखरेललगायत करिब तीन दर्जनमाथि दुर्व्यवहार गरिएको हो ।

न्यायका लागि मानवअधिकार सञ्जालको ब्यानरमा दिवस मनाउन उपस्थित मानवअधिकारवादीहरूलाई प्रहरीले मण्डलाबाट गलहत्याउँदै लछारपछार गरी उहाँहरूलाई सडकको अर्काे छेउसम्म पुर्‍याएका थिए ।

प्रदर्शनकारीहरूले सरकारी दमनको विरोध गर्दै सर्वोच्च अदालतको आदेश पालना गर्न माग गरेका थिए ।