
फाइल तस्वीर ।
काठमाडौं, मंसिर २५ । कोभिड–१९ का कारण गएको चैतदेखि बन्द भएको नेपाल–भारत उडान खुल्ने भएको छ ।
‘एअर बबल’ उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले सहमति दिएको हो । एअर बबल उडानमा भारतीय र नेपाली नागरिकमात्रै हुनुपर्नेछ ।
भारतले सरकारी एअरलाइन्सको काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं उडान गर्ने गरी सहमति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको हो ।
नेपालले भारतको दिल्लीमा नियमित उडान खुलाका लागि पत्र पठाएको थियो ।
भारतको एअर इन्डिया र नेपालको नेपाल एअरलाइन्सले उडान गर्ने पाउने गरी सहमति दिइएको हो ।
नेपालसँग भारतले दसैंअगाडि नै एअर बबल उडान गर्ने प्रस्ताव पठाएको थियो । तर, उक्त समयमा नेपालले सहमति दिएको थिएन ।
प्रतिक्रिया दिनुहोस्