१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एन्फाको साधारणसभा माघ ६ गते हुने, खेलाडीहरुको तलब बढ्यो


0
Shares

anfa

काठमाडौं, मंसिर २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा आउँदो माघ ६ गते हुने भएको छ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको हो ।

कोरोनाभाइरसको महामारीका कारण ‘एन्फा डे’का दिन गएको चैत २२ गते हुनुपर्ने साधारणसभा हुनसकेको थिएन ।

तलब बढ्यो
राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको तलब बढेको छ । अब राष्ट्रिय टिमका हरेक सदस्यले मासिक १८ हजार रुपैयाँ तलब पाउने भएका छन् ।

पहिलोपटक एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुषसरहको तलब दिने निर्णय गरेको छ । यसअघि, पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले सात हजार रुपैयाँमात्रै तलब पाउँदै आएका थिए ।

एन्फा केन्द्रीय कार्यसमितिमा दुई दर्जन विषयमा छलफल भएको छ ।

त्यस्तै, एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहलाई विश्वकप छनोट खेलको संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको छ । कार्यसमिति सदस्य विजय घलेलाई स्थानीय संयोजकको जिम्मेवारी दिइएको छ ।

नेपालले विश्वकप छनोटअन्तर्गत् घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्न बाँकी छ ।