५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सेयरबजारमा सामान्य अंकको सुधार


0
Shares

काठमाडौं, मंसिर २५ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा सामान्य अंकको सुधार आयो । औसत दिनका तुलनामा कारोबार रकममा भने कमी आएको छ ।

उतार–चढावका बीच नेप्से आठ अंकले सुधार भएर १९ सय ६४ विन्दुमा पुग्यो ।

यसदिन विकास बैक र जलविद्युत् समूहबाहेक अन्य सबै समूह सामान्य अंकले सुधारिएका छन् ।

यसदिन जीवन बिमा समूह २०६ अंकले वृद्धि हुँदा उत्पादन समूह ११८ अंकले सुधार आएको छ । अरु समूह सामान्य अंकले सकारात्मक रहे ।

यसदिन ९६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६४ कम्पनीको मूल्य ओरालो लागेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन २०४ कम्पनीको ९८ लाख ८३ हजार कित्ता सेयर चार अर्ब १४ करोड बढीमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।