
काठमाडौं । अमेरिकी खाद्य तथा औषधि नियन्त्रण विभागले फाइजर बायोएनटेक खोपको आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ ।
चिकित्सकहरुको टोलीले कोरोना भाइरसविरुद्धको उक्त खोप प्रयोगका लागि तत्काल स्वीकृति दिन विभागलाई आग्रह गरेको हो ।
चिकित्सकहरुले टोलीले औषधिको प्रभावकारिताका बारेमा थप अनुसन्धान जारी रहेपनि प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो ।
फाइजर खोप प्रयोगका लागि यसअघि बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले अनुमति दिइसकेका छन् ।
अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि उक्त खोप अनुमोदनका लागि आग्रह गरिएको बीबीसीले जनाएको छ ।
खोप स्वीकृत भएलगत्तै प्रयोगमा ल्याउन सकिने अमेरिकी अधिकारीहरुले जनाएका छन् । पहिलो चरणमा अमेरिकाले उक्त खोप करिब ५ करोड डोज तयार पार्ने जनाएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्