१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सांसद राजेन्द्र लिङदेन गम्भीर बिरामी


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन गम्भीर बिरामी पर्नुभएको छ ।

उहाँको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हिजो साँझ काठमाडौं ल्याइएको छ ।

झापाको बि एण्ड सी अस्पतालको आइसियूमा उपचाररत उहाँलाई थप उपचारका लागि सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

उहाँलाई ललिपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ । हिजो श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई बिएण्डसी अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले उहाँलाई निमोनिया भएको बताएको छ । अहिले उहाँको अवस्था गम्भीर रहेको बताइएको छ ।