१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षामा कसैलाई पनि भेदभाव गर्ने सरकारको नीति छैनः शिक्षा मन्त्री पोखरेल


0
Shares

सिन्धुली । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सिन्धुलीमा निर्माण गरीएका विद्यालय भवनको उद्घाटन गर्दै उहाँले सरकारले ग्रामिण शिक्षामा जोड दिने बताउनुभयो ।

शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस भन्ने नीति सरकारको रहेको उहाँको भनाइ छ ।

भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण भएसँगै पढाई सहज भएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय पुनर्निर्माण गरीएको हो ।

मरिण गाउँपालिका महेश्वरता स्थित माध्यामिक विद्यालय भवन ११ करोड ६७ लाख रुपैयाँको लागतमा निर्माण भएको छ ।

पुनर्निर्माण गरीएको भवनमा २१ वटा कोठाहरु रहेका छन भने कक्षा कोठा अपाङ्गमैत्री छन् । विद्यालयहरुको पुनर्निर्माणका लागि चार वर्ष अगाडीदेखि काम थालिएको थियो ।

ग्रामिण बस्तीहरुमा बसोबास गर्ने पिछडिएका बालबालिकाहरुको सहज र गुणस्तरीय अध्ययन अध्यापनको उद्देश्यले विद्यालय निर्माण गरीएको हो ।